Online Bichar
शनिबार, आश्विन २४, २०८३ | Saturday, October 10, 2026

काठमाडौं, १४ असार २०८२ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षकको आवधिक बढुवासम्बन्धी प्रस्तावमा सहमति जनाएको छ। शनिबार बसेको समितिको बैठकमा तृतीय श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ वर्ष सेवा अवधि पूरा गरेका शिक्षकलाई आवधिक बढुवाका लागि योग्य ठहर गरिने निर्णयमा सहमति जुटेको हो।

बैठकमा प्रस्तावमाथि सदस्यहरूले आआफ्नो धारणा राखेका थिए। छलफलपछि समितिका सदस्यहरूले प्रस्ताव पारित गर्न सर्वसम्मत सहमति जनाएका थिए।

 

तपाईको प्रतिक्रिया