Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

जेबि खड्का
गौरादह, २९ जेठ २०८२ । भुसको मुल्यमा धान बिक्री गर्न बाध्य भएका किसानले बिहिबार नारा जुलुस सहित नगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन। नगरपालिका कार्यालयको मुलगेट अगाडि बिरोधका आवाज दर्साइरहेका किसानले नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए। आफ्ना माग पूरा गर्न बिहिबार गौरादहको धोबिनिया देखि नगरपालिकाको कार्यलय सम्म नारा लगाएका किसानले आफुहरु मारमा पर्दा स्थानीय सरकार मुखदर्शक बनेकोमा आपत्ति प्रकट गरेका थिए।

किसान संघर्ष समितिले बिहिवार गौरादहको धोबिनिया देखि नगरपालिका सम्म राँके जुलुस सहित बिरोध प्रदर्शन गर्ने जनाएको थियो। किसानहरुले बिरोध प्रदर्शनका क्रममा राँको बालेपनि सुरक्षाकर्मीले निभाएका थिए। कृषि प्रधान देश भनेर उदघोष गरिएपनि किसानहरुले राहत महसुस गर्न नपाएको किसानले धारणा राखेका थिए। किसानले उत्पादन गरेको धान भुसको मुल्यमा बिक्री हुदा पनि स्थानीय सरकार टुलुटुलु हेरेर बसेकोमा आपत्ति प्रकट गरेका थिए।

धान बिक्री गर्ने समयमा धानको मुल्य घटेको , बिचौलीया हावी भएको, सरकारले तोकेको समर्थन मूल्य किसानले नपाएकोमा गौरादह नगर मुल कृषक समुह अध्यक्ष लय बरालले बताएका थिए। स्थानीय सरकार समक्ष किसान मारमा परेको जानकारी गराउन किसान आउदा पालिकाको गेट बन्द गरेर सडकमा रोक्नु स्थानीय सरकारको नामर्दीपना रहेको किसान संघर्ष समिति अध्यक्ष इन्द्र पोख्रेलले बताएका थिए। स्थानीय सरकारले किसानको जीवन स्तर उकास्न राहात र सहयोगका कार्यक्रम ल्याउनु पर्नेमा किसान जानकारी गराउन आउदा गेटनै बन्द गरिएकोमा गुनासो गरेका थिए।

स्थानीय सरकारले आगामी आर्थिक बर्षको निति कार्यक्रम र बजेटमा किसानका माग सम्बोधन नभए किसान चुपलागेर नबस्ने अध्यक्ष पोख्रेलले बताएका थिए। किसानका पिडामा मलम पट्टी लगाउन स्थानीय सरकारको क्षमताले भ्याएसम्म कार्यक्रम ल्याउन माग गरेका थिए। केही दिन अगाडि किसान संघर्ष समिति गौरादह-८ ले पत्रकार सम्मेलनको आयोजना गरि बिरोध प्रदर्शनका कार्यक्रमहरु घोषणा गरेको थियो। किसानका माग सम्बोधन नभएमा निरन्तर खबरदारी गर्ने समृद्ध जुरोपानी कृषि सहकारीका अध्यक्ष खेमराज अधिकारीले जानकारी गराएका थिए। किसानहरुले खेतीमा पसिना बगाएर सबैलाई बाच्ने आधार तयार गरेपनि त्यही किसान मारमा पर्दा जिम्मेवार तवरले वास्ता नगरेको अध्यक्ष अधिकारीले बताएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया