Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

झापा, २६ जेठ २०८२ । झापाको बिर्तामोड– २ स्थित चैतुवारीमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । मृतक भारत आसाम सिरोङ बस्ने ४३ वर्षीय दिपेन मादुवा भएको खुलेको हो । उनको नेपालमा कोही पनि आफन्त नरहेको र आसाममा रहेका आफन्तलाई जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले बताए ।

चैतुबारीस्थित श्रीराम प्लाई उद्योग छेउमा चप्पलको सिरानी लगाएर सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया