काठमाडौं, १५ जेठ २०८२ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा नेपालको पूर्वी क्षेत्र झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने भएको छ।
खेलको विद्याको विविधता र खेल पर्यटनको प्रवर्द्धनका लागि सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युट स्पोर्टस स्टेृडय रंगशाला निर्माण गरिने भएको हो।
काठमाडौंमा रहेको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजा प्रसाद क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालाको लागि ४२ करोड बजेट विनियोजन गरिएको छ।






