Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं – संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफुहरुको पहिलो एजेण्डा संविधान संशोधन रहेको बताएका छन्। एमालेले सरकारबारे धारणा माग्यो, हामीले संविधान संसोधनबारे उसको धारणा माग्यौँ उनले भने ।
सह–अध्यक्ष श्रेष्ठले आफुहरु संविधान संशोधनको एजेण्डा लिएर निर्वाचनमा गएकोले यसलाई नै प्राथमिकतामा राखेको बताए।

एमालेले नेतृत्वले सरकारमा सहभागिताबारे जिज्ञासा राखेको भएपनि यस बिषयमा सामान्य छलफल मात्रै भएको उनले बताए ।

‘एमालेले सरकारमा सहभागी हुने बारे हाम्रो धाराणा बुझेको थियो। जवाफमा हामीले संविधान संशोधनबारे एमालेको धाराणा माग्यौं।’ उनले भने, ‘प्रदेशको सिमाना हेरफेर सहितको संविधान संशोधन नभएसम्म फोरम सरकारमा सहभागी नहुने कुरा हामीले स्पष्ट पारेका छौ।’

एमाले माओवादी गठबन्धनलाई सरकारको नेतृत्व गर्ने जनमत आएकोले उनीहरुले नै सरकार बनाउनु उचित हुने उनले बताए।

एमाले–माओवादीले बहुमतको सरकारका लागि मत मागेका हुन । हामीले संविधान संशोधनका लागि मत मागेका हौं।’ उनले भने, ‘गठबन्धन र हाम्रो जनमत नै फरक उद्धेश्यका लागि आएकोले हाम्रा एजेण्डामा पनि भिन्नता छ।’

उनका अनुसार एमालेले फोरमलाई समृद्धि भएपछि असमानता आफै हट्छ भन्दै संझाएको थियो।

तर आफ्नो पार्टी भने अधिकार स्थापित गराउने अभियानमा रहेको जवाफ एमालेलाई दिएको श्रेष्ठले बताए।

एमालेले सरकारमा सहभागि हुनेबारे फोरमको धारणा मागेको भएपनि यस बिषयमा गम्भीर छलफल भने नभएको उनले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments