Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

काठमाडौं, २८ वैशाख २०८२ । मोबाइल एसियन सोडाउन २०२५ को उपाधि पाकिस्तानले जितेको छ। इस्पोट्र्स एसोशियसन नेपाल९इएसएएन०को आयोजनामा भएको तीन दिने प्रतियोगितामा पाकिस्तानले जित हात पारेको हो। १४ देश सम्मिलित यस प्रतियोगितामा पाकिस्तानले इन्डोनेसियालाई पराजित गरेको हो।

कुल १५ खेलमा ४ पटक चिकन डिनर जित्दै १७३ अंकको साथ पाकिस्तान विजयी भएको हो।

दोस्रो भएको इन्डोनेसियाले १५ खेलमा ३ पटक चिकन डिनरसहित १६९ अंक जोडेको हो।

घरेलु टिम नेपालको भने ३ टोलीले यस प्रतियोगितामा सहभागिता जनाएका थिए। नेपाल निलो टिम प्रतियोगितामा तेस्रो भएको छ। नेपाल नीलोले ४ वटा चिकन डिनरसहित १५४ अंक प्राप्त गर्दै तेस्रो भएको हो।

नेपाल रातोले ११८ अंक जोड्दै चौथो भयो। मलेसियाले ११२ अंकसहित पाँचौँ भयो। जोर्डनले ९० अंक जोड्दै छैटौँ भयो।

यस प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पाकिस्तानका फाल्काले जिते। उनले ५० हजार पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा उपाधि जितेको पाकिस्तानी टिमले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। दोस्रो भएको इन्डोनेसियाले २ लाख, तेस्रो भएको नेपाल निलोले १ लाख ५० हजार, चौथो भएको नेपाल रातोले १ लाख, पाँचौँ भएको मलेसियाले ५० हजार र छैटौँ भएको जोर्डनले ५० हजार पुरस्कार प्राप्त गरे।

 

तपाईको प्रतिक्रिया