Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

काठ्माडौं, १५ वैशाख २०८२ । आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दु कायम भएको हो।

आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९१९ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा छ। यस कम्पनीको सेयर ७० करोड ९४ लाख रुपैयाँमा खरिद बिक्री भयो। यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र युनिभर्सल पावर कम्पनी परेका छन्।

आजको कारोबारमा वित्त समूह एक दशमलव ४० र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी समूहको उपसूचक दुई दशमलव १४ प्रतिशतले घटेको हो।

 

तपाईको प्रतिक्रिया