Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

काठमाडौं, २ माघ । विज्ञापनमुलक सन्देश म्यासेजमा पठाएमा एक लाख जरिवाना तिर्नु पर्ने छ । सरकारले ल्याउन लागेको विज्ञापन बजारलाई बलियो तथा नियमन गर्न विज्ञापन नियमन गर्ने ऐन अनुसार म्यासेजमा विज्ञापन पठाएमा एक लाख जरिवाना तिर्नु पर्ने छ । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले विज्ञापन नियमन गर्ने ऐन राष्ट्रियसभामा पेश गर्दैछन्। ऐन जस्ताको तस्तै पारित भए विज्ञापन बजार ठूलो हुने छ ।

विज्ञापन व्यवसायीले माग गर्दै आएको क्लिन फिड को व्यवस्था पनि यो विधयेकमा गरिएको छ। विज्ञापन नियमनको लागि बोर्ड गठन गरिएपछि कुनै पनि व्यक्थिको अनुमति बिना म्यासेज तथा ईमेल मार्फत विज्ञापन मुलक सन्देश तथा सामाग्रीहरु पठाउन पाईने छैन, यदि पठाएका जरिवानाको समेत व्यवस्था गरिने छ । राष्ट्रियसभामा ‍पेश गरिने विधयेक सभाले दफाबार छलफलको लागि विधान व्यवस्थापन समितिमा पठाउने छ। दफाबार छलफलपछि पुनस् सभामा स्वीकृतिको लागि पेश गर्ने छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेर कानुनुको रुपमा कार्यान्वन हुने छ । म्यासेज पठाउँदा एक लाख जरिवाना यो विधयेक कानुनको रुपमा आएपछि मञ्जुरी नलिई कसैलाई पनि इमेल वा एसएमएस पठाउन पाइने छैन। यसरी मञ्जुरीविना विज्ञापनमूलक म्यासेज गरे एक लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ।

न्यूज२४बाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments