Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

काठमाडौं, २ माघ । विवेकशील साझा पार्टीले पार्टीका पूर्व संयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप लगाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

थापाले केन्दीय समिति बैठक हुनुभन्दा पहिले नै पार्टी नयाँ दर्ता प्रकृया शुरू गरेको मंगलबार विवेकशील साझाका प्रवक्ता डा। सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

साथै विवेकशील साझाको केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ।

केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल भएको बताइएको छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments