Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठ्माडौं, १८ फागुन २०८१ । बजारमा मुरली मकैको मूल्य घटेको छ। नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो। संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ। १५ दिन अघिको तुलनामा मुरली मकै प्रतिकिलो १५ रूपैयाँले घटेको देखिन्छ।

गत फागुन १ गते मुरली मकै प्रतिकिलो एक सय ६५ रूपैयाँमा कारोबार भइरहेको थियो। फागुन १५ गतेको तथ्यांक अनुसार मुरली मकै प्रतिकिलो एक सय ५० रूपैयाँमा कारोबार भएको छ। मुरली मकै विशेषगरी खाजाको रूपमा भुटेर खाइन्छ।

मकैमा शरीरका लागि आवश्यक सबै प्रकारको पोषणतत्व पाइन्छ। मकैमा फाइबरको मात्रा धेरै हुने भएकाले शरीरको बोसो घटाउन मद्दत पुग्छ।

 

तपाईको प्रतिक्रिया