Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमााडौं, २७ पुस । सांसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पिए) को तलब अब उनीहरुकै खातामा जाने भएको छ । संघीय संसद् सचिवालयले पुसदेखि स्वकीय सचिवालयका कर्मचारीको तलब कट्टा गरी सांसद तथा पदाधिकारीको तलब पठाउने भएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सांसदले आफन्तलाई स्वकीय सचिव राखेको तथा उनीहरुको पारिश्रमिकसमेत आफैले राख्दै आएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएपछि संसद् सचिवलयले पिएको तलब सांसदको खातामा पठाउने रोक लगाएको हो ।

‘स्वकीय सचिवको पारिश्रमिक यही महिनादेखि उहाँहरुकै खातामा राख्छौँ। अब सांसदहरुको खाामा पिएको तलब जान्न,’ सचिवालयका प्रमुख लेखा नियन्त्रक पुष्पप्रसाद गुरागाईले भने ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments