Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

विराटनगर, १२ माघ २०८१ । प्रेस सेन्टर नेपाल प्रदेश १ (कोशी) को अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष थिए ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सूजता लिम्बू, समावेशी उपाध्यक्षमा सेसेहाङ लाओति, महासचिवमा गोकुल पराजुली, सचिव ईश्वर थापा, डिकेश लामा, बिनु तिम्सिना, सत्यनारायण शर्मा, कोषाध्यक्ष झुलन रेग्मी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा हरि अधिकारी, बाबुराम मुडियारी, पवन साह, मनिता राई, अनिता रसाइली, मोतीराम रसाइली, प्रवीण बानियाँ, भीम कुमार चेम्जोङ, आइपी भट्टराई, नवीन सुनाम र दीपक अधिकारी छन् ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल) ले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरीले पत्रकारले समाचार मात्र नभएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने बताए । प्रेस सेन्टर कान्छो संगठन भए पनि दर्बिलो र ओझ पूर्ण संगठन भएको उनले बताए । नेकपा माओवादी केन्द्र प्रदेश सचिव तथा पूर्वमन्त्री गणेश उप्रेती सुशीलले प्रेस सेन्टर समाजवादी यात्रामा अघि बढेको संगठन भएको बताए । समाजवादी उद्देश्यलाई केन्द्रमा व्यावसायिक पत्रकारिता गर्न उनले आग्रह गरे ।

डिजिटल युगमा पत्रकारिता चुनौती थपिएको बताउँदै नेकपा माओवादी केन्द्र प्रदेश फ्याक्सन इन्चार्ज विजय साम्पाङले प्रदेश अधिवेशन त्यो चुनौती चिर्नुपर्नेमा जोड दिए । उद्घाटन सत्रमा कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय उपाध्यक्ष गंगा बराल, लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हेमा चेम्जोङ, प्रेस युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदित, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोखरेललगायतले शुभकामना दिएका थिए ।

 

तपाईको प्रतिक्रिया