Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं, २० पुस । सरकारले म्यानपावर व्यवसायीहरुमाथि कर छलीबारे अनुसन्धान तीव्र पारेको छ । राजश्व अनुसन्धान विभागले पहिलो चरणमै गरेको अनुसन्धानमा एक म्यानपावरले ६ करोड राजश्व छलेको भेटाएको छ ।

शुक्रबार नै विभागले स्काई ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक बलबहादुर तामाङविरुद्ध बिगो र जरिवाना गरी १९ करोड ५७ लाख माग दावी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । तामाङ वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन् ।

उनको म्यानपावरले ६ करोड ४२ लाख रुपैयाँ कर छली गरेको भेटिएको विभागका महानिर्देशक दिर्घराज मैनालीले अनलाइनखबरलाई जानकारी दिए । स्काई ओभरसिजविरुद्ध १३ करोड ४ लाखको जरिवाना असुल गर्न रिटमा माग गरिएको छ ।

‘कामदार पठाएबापत विदेशी कम्पनीसँग पैसा लिने तर त्यसको हिसाब लुकाएर कमाउने कर छल्ने गरेको भेटियो,’ मैनालीले भने,’हामी अहिले म्यानपावरहरुबारे सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।’

यो कम्पनीले मलेसियासहित हाल खाडी मुलुकमा कामदार पठाइरहेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments