Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

इलाम, ११ असोज २०८१ । पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । शुक्रवार साँझ ७:३० बजे अविरल वर्षाका कारण इलाम नगरपालिका–६, खरेलडाँडामा सडक माथिबाट पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको हो । प्रहरी र इलाम नगरपालिकाको जेसीबीको सहयोगमा सडक अवरुद्ध खुलाउने कार्य भइरहेको छ ।

निरन्तर वर्षाको कारण आउन सक्ने जोखिमलाई मध्यनजर गरी मेची राजमार्ग अन्तर्गतको माई खोलादेखि इलाम आउने सडक खण्डमा शुक्रवार राति १० बजेदेखि शनिवार बिहान ३ बजेसम्मको लागि अत्यावश्यक बाहेकका सवारीसाधनहरूलाई रोक लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया