Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

जनकपुरधाम, १० असोज २०८१ । बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरका दुई जना नगर प्रहरी पक्राउ परेका छन्।

बुधबार दिउँसो जनकपुरस्थित घरमै गएर १७ वर्षीया किशोरीलाई उनीहरूले बलात्कार गरेको उजुरीपछि प्रहरीले दुबैलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वडा नम्बर १२ घर भएका बब्ब्लु महतो र वडा नम्बर १७ घर भएका दिपेन्द्र राउत छन्।

दिपेन्द्रलाई ड्युटीमै खटिएकाबेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट प्रहरीले पक्राउ गरेको थियो।

‘जाहेरी आउन बाँकी छ। कसरी घटना भएको लगायतका कुरा अनुसन्धान हुँदैछ,’ धनुषाका डिएसपी रञ्जन अवाले भने।

तपाईको प्रतिक्रिया