Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

तेह्रथुम, १५ पुस । संघीय सरकारले पर्यटकीय सूचीमा समेत नराखेको दक्षिण एसियाकै लामो ह्यात्रुङ झरनालाई प्रदेश नं। १ को सरकारले पहिलो प्राथमिकतामा राखेको छ। उक्त ह्यात्रुङ झरनाको स्थलगत अवलोकन गर्दै प्रदेश नं। १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले त्यसको विकासका लागि प्रदेश सरकार लागी परेको बताए।

योजनामन्त्री आङ्बोले झरनाको बिकासका लागि प्रदेश सरकारले आवश्यक रणनीति बनाएको समेत बताए। उनले भने,‘झरनाको पर्यटन प्रवद्र्धनकालागि विस्तृत योजना बनेपछि बजेट समेत विनियोजन गरिनेछ।’ उनले अग्लो आकर्षक झरनासम्म सडक, विद्युत लगायत आवश्यक आधारभुत पुर्वाधार विकास गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउनु जरुरी रहेका बताए।

झरनाको अवलोकन पछि सम्दु माध्यमिक विद्यालयमा विशेष कार्यक्रम गर्दै वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नवीन चोङवाङले झरनाको विकाससँगै आसपासका बासिन्दाको जीवनस्तर समेत उकास्न सहयोग पुग्नेगरी होमस्टे विकास गर्नुपर्ने लगायतका मागहरु राखेका छन्। कार्यक्रममा प्रदेश सांसद तेजमान कन्दंगवा र लक्ष्मण तिवारी, गाउँपलिकाका अध्यक्ष हरिप्रसाद चोगबाग, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई लगायतले झरनाको बिकासका लागि प्रदेश सकारले सहयोग गर्नु पर्ने सुझाएका छन्।

३ सय ६५ मिटर अग्लो ह्यात्रुंग झरनाको विकासका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको छ। गाउँपालिकाले २८ लाख विनियोजन गरेको छ। झरनालाई बाह्रै महिना पर्यटक आगमन बढाउन प्रयत्न भइरहेको गाउँपालिकाका अध्यक्ष हरी चोङबाङले बताए।

नागरिकबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments