Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

महोत्तरी, १५ पुस । जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

सोही दुर्घटनामा परेर उनका छोरा १६ वर्षीय मनिष सिंह गम्भीर घाइते भएका छन् भने उनको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ ।

शनिबार करीब ६ बजे बखरीबाट ज८प ५४४५ नंको मोटरसाइकलमा चढेर सिंग्याही बजार गएकामा बजारमै उनको मोटरसाइकल दुर्घटना हुँदा दुवै आमा छोरा गम्भीर घाइते भएका थिए ।

घाइते दुवैमध्ये बढी गम्भीर आमा लक्ष्मीनियादेवी सिंहलाई उपचार लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments