Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । राष्ट्रिसभा निर्वाचन सम्बन्धी अध्यादेशमा सहमति जुटाउन बसेको बैठकनिष्कर्षविहीन टुंगिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसम्म पुगिसकेको अध्यादेशलाई पारित गर्नका लागि सघाउन अन्य दलसमक्ष आग्रह गरेका थिए ।

तर, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले भने सो अध्यादेश फिर्ता लिई सहमतिमा अर्को अध्यादेश लैजान आग्रह गरेका थिए ।

उक्त विवाद समाधानका लागि छलफललाई निरन्तरता दिने भन्दै पाँचै दलका नेताहरु बैठकबाट बाहिरिएका हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तो, राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, कांग्रेसका नेता विमलेन्द्र निधि, माओवादी नेता राम बहादुर थापालगायतका नेताहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments