Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

भक्तपुर, १३ पुस । बिरामी भएर घरमै थला पर्नुभएका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिनुभएका लामिछानेको निधन भएको उहाँकी छोरी सम्झनाले जानकारी दिनुभयो ।

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’‘, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’‘, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’‘।जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

न्यूज२४बाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments