Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

धरान, ८ भदौ २०८१ । स्कुलबाट घर फर्कने क्रममा खोलामा डुबेर खोटाङमा दुई बालकको मृत्यु भएको छ। खोलामा डुबेर खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखावाङदेलमा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए।

उनका अनुसार शुक्रबार दिउँसो १ बजे बजे विद्यालयबाट घर फर्कँदा बाटोमा पर्ने चङखु खोलामा नुहाउने क्रममा ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको डुबेर मृत्यु भएको हो।

उनीहरु जनहित प्राविमा राज कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए। इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटेको प्रहरी टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको खोटाङका डीएसपी खड्काले बताए।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया