Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

विराटनगर, ४ भदौ २०८१ । विराटनगरको बाल सुधार गृहमा रहेका दुई जना बालक पर्खाल नाघेर भागेका छन्। विराटनगर महानगरपालिका–३ मा रहेको सुधार गृहबाट १६ वर्षे दुई बालक भागेका हुन्। उनीहरू दुवै जना सुनसरीका भएको सुधार गृहका प्रमुख मिलन चौहानले जानकारी दिए।

चौहानका अनुसार उनीहरू विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला मंगलबार दिउँसो करिब ३ बजेतिर पर्खालबाट हामफालेर फरार भएका हुन्।

उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
उनीहरूमध्ये एक जना कर्तव्य ज्यान तथा डाका मुद्दामा दोषी ठहर भएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधार गृहमा पठाइएका हुन्।

विराटनगरस्थित बाल सुधार गृहमा ५० जनाको क्षमता छ। तर दुई सय ३८ जना बालक छन्। सुधार गृहभित्र हाल १८ वर्ष नाघिसकेकाहरू नै एक सय २४ जना छन्।

 

तपाईको प्रतिक्रिया