Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

झापा, १३ पुस । झापा मेचीनगर–६ काँकरभिट्टास्थित साठीविघामा बिहीबार राति भएको आगलागीमा २२ वटा घर जलेर खरानी भएका छन् । राति करिब साढे ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको भएपनि २२ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र दुईवटामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय काँक्रभिट्टाले जनाएको छ ।

मेची नगरपालिका, बिर्तामोड, चन्द्रगढीको दमकल, सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। अगालागीबाट मानवीय क्षति भएको छैन। उक्त क्षेत्र काकरभिट्टा बजारको बधशाला क्षेत्र पर्छ। फुसका घरहरु भएकाले आगो छिट्टो फैलिएको बताइएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments