Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठ्माडौं, २९ साउन २०८१ । पछिल्लो तीन घन्टामा सिरहाको लहान, गोलबजार र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागका अनुसार सिराहाको लहानमा पछिल्लो एक घन्टामा ३०.२ मिलिमिटर वर्षा भएको छ।

उक्त क्षेत्र भई बग्ने बालन खोला र यसका साना सहायक खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने बाढी महाशाखाले जानकारी दिएको छ।

तटीय क्षेत्रमा रहनेहरूलाई सतर्क रहन आग्रह गरेको महाशाखाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया