Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

दाङ, ९ पुस । दाङको घोराहीमा सोमबार दिउँसो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले बजार बन्द गराउँदै हिँडेका छन्।

तनावग्रस्त बनेको घोराही बजारका पसलपसलमा पुगेर सटर बन्द गराउनुका साथै सडकमा यातायातका साधन पनि चल्न दिएका छैनन्। केही सवारीसाधनमाथि तोडफोडसमेत भएको छ।

घोराही उपमहानगरपालिका(१४ लखनपार्क चोक नजिकै सोमबार लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटी चालक घोराही(१८ फुस्रेखालीका २९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएको थियो।

स्कुटरमा पछाडि बसेका फुर्सेखालीकै २४ वर्षीय महेश बुढामगर घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

बसका चालकलाई कारबाहीको माग गर्दै आफन्तहरू आक्रोशित भएका हुन्। यस्तै घटनास्थलबाट प्रहरीले बल प्रयोग गरेर शव उठाएको र आफन्तमाथिनै प्रहरीले हातपात गरेको भन्दै प्रहरीप्रति पनि आक्रोशित भएका छन् ।

घटनास्थल केहीबेर तनावग्रस्त भएको थियो। प्रहरीले सामान्य बल प्रयोग गर्नुका साथै दर्जनौ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।

यसैबीच प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी एस्पी बेलबहादुर पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments