Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौं, ९ पुस । आफैंले बोकेको हतियार पड्किएर इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी जवान घाइते भएका छन् ।

सोमबार बिहान ९ बजे बा १ झ ६४५० नं को मोबाइल भ्यानमा गस्तीमा गएको बेला स्थानीय थापा चौकमा पुग्दा प्रहरी जवान सन्जिव खड्काले बोकेको थ्री नट थ्री राईफल एक्कासी पड्कन गई घाइते भएका हुन् ।

उनको छातिको दाहिने भागमा गोली र हाल बिराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments