Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौँ, २२ असार २०८१ । भारी वर्षाका कारण आज देशभर बाढी, पहिरो र डुवानले जनजीवन प्रभावित भएको छ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म बाढी, पहिरोलगायत विपदजन्य घटनाबाट देशका विभिन्न क्षेत्रमा ८ जनाको मृत्यु भएको छ भने अरु ६ जना बेपत्ता छन्।

प्राप्त विवरणमा स्याङजामा ३, पर्वतमा २, काठमाडौँमा १ र काभ्रेमा २ जनाको मृत्यु भएको छ। यस्तै दाङमा २, तनहुँमा ३, दोलखामा १ गरी ६ जना वेपत्ता छन्।

विभिन्न जिल्लामा ७ जना घाइते भएका छन्। सयौँलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पहिरो खसेर तथा बाढीले खोलेर देशका ५० भन्दा बढी सडक तथा राजमार्ग अवरुद्ध हुन पुगेको छ।

तपाईको प्रतिक्रिया