Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

झापा, २० असार २०८१ । बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित दमकका एक युवक पक्राउ परेका छन् । दमक नगरपालिका-४ बस्ने २३ वर्षिय एलिन दर्नाललाई प्रहरीले पक्राउ गरेको हो ।

बिहिबार (आज) अन्दाजी ५ः३० बजेको समयमा बिर्तामोड नगरपालिका-४ पश्चिम बस स्टेनबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको QRT टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाच गर्दा दर्नालले लगाएको कालो रंगको ट्रयाकको बायाँ गोजीमा सेतो रंगको प्लाष्टिकको पोका फेला पारी खोली हेर्दा प्रतिवन्धित लागुऔषध ब्राउनसुगर २ ग्राम ४ सय ७० मिलिग्राम र नगद  ४सय ५० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया