Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

झापा, ८ पुस ।  प्रहरीले मेचीनगरस्थित एक होटलबाट लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङका ५५ वर्षीय खेमल मण्डल र मेचीनगर नगरपालिका–६ का ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएका प्रहरी टोलीले मेचीनगर–६ स्थित शिला पत्थर होटलबाट पक्राउ गरेको हो। भट्टराई होटलका सञ्चालक हुन्। उनीहरुको साथबाट १९ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। पक्राउ परेका दुवै जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको बताइएको छ।
थाहाखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments