Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

झापा, १४ असार २०८१ । झापामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर एक वृद्ध महिलाको हत्या गरेका छन् । भद्रपुर नगरपालीका-२ डिगाँउ स्थितमा ७० वर्षिया गौरीमाया तामाङको हतियार प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज दिउँसो अन्दाजी ३ः३० बजेको समयमा सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षिय राजेश तामाङले उक्त वृद्ध महिलाको घरमा गई धारिलो हतियार सिक्कलले घाँटीको दाहिने भागमा प्रहार गर्दा उनको घर नजिक बाटोमा मृत्यु भईसकेको प्रहरीले जनाएको छ । हत्या गर्ने राजेश तामाङलाई लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्याको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया