Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ६ पुस । निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने अवस्थामा पुग्नुमा खानेपानी सचिव र मेलम्ची विकास समिति बोर्डका कार्यकारी निर्देशक मुख्य जिम्मेवार देखिएका छन् ।

ठेक्का रद्द भएको भोलिपल्टदेखि सुरु भएको वार्तामा सहमति जुट्न नसकेकाले आयोजनाको भविष्य अझै अन्योलमा छ ।

खानेपानी सचिव गजेन्द्र ठाकुर र बोर्डका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई विवाद निरुपण बोर्ड डीआरबीले कात्तिक ९ गते नै पुस १ गतेभित्र ३६ करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको थियो ।

ठेकेदार सीएमसीले डीआरबीको निर्णयअनुसार कात्तिक १९ गते भुक्तानीका लागि सचिव ठाकुर र कार्यकारी निर्देशक कँडेललाई बिल दिएको थियो ।

सीएमसीको बिलउपर मन्त्रालय र बोर्ड दुवै कारबाही नगरी गुपचुप बसे । ठेकेदारले कात्तिक ३० गते स्मरणार्थ पुनः पत्र पठायो । फेरि पनि ठेकेदारको पत्रलाई वास्ता गरिएन ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया