Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024
काठमाडौं, ३ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान २ – २ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुनेगरी मूल्य घटाएको हो ।
मूल्य घटेपछि बुधबार बिहानबाट उपभोक्ताले पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउनेछन् । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादवसँगकोे छलफलपछि मूल्य घटाइएको हो ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूची घटेर आएको थियो । खरिद दर घटेपछि निगमले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउने गर्छ ।
तपाईको प्रतिक्रिया