Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

काठ्माडौं, १५ वैशाख २०८१ । नेपालले वेस्ट इण्डिज ‘ए’को तेस्रो विकेट लिएको छ। त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरेको खेलमा कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका हुन्।

उनले ओपनर एलिक एथनेजलाई ललित राजवंशीबाट क्याच आउट गराएका हुन्। आउट हुनुअघि एलिकले २५ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाएका थिए। सिरिजको पहिलो खेलमा अर्धशतक बनाउन भने चुके।

यसअघि ३।३ ओभरमा आन्द्रे फ्लेचर रन आउट भएका थिए।

पहिलो ओभरको अन्तिम बलमा कमलसिंह ऐरीले विकेट लिएका थिए।

उनले वेस्ट इण्डिजका ओपनर जोनसन चार्ल्सलाई बोल्ड गरेका हुन्। उनी शून्य रनमै आउट हुन पुगे।

नवौं ओभर चलिरहँदा वेस्ट इण्डिजले सय रन पूरा गरेको छ।

 

तपाईको प्रतिक्रिया