Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

टपेन्द्र कार्की

काठमाडौ, २ पुस । मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमूख क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ।

इटालियन ठेकेदार कम्पनी सिएमसीका क्रुजोसिहत २९ जना कर्मचारी २ दिनदेखि आयोजनाको काम छाडेर हिडेपछि उनीहरुको पासपोर्ट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महासाखाले जनाएको छ। सरकारले कामसक्न दिएको समयसीमा ४६ दिन वाँकी रहँदा निर्माणमा खट्नु पर्ने टोलीले काम छाडेपछि नेपाल छाडन नदिन उनीहरुको पासपोर्ट जफत गरिएको हो।

क्रिसमसको वहानामा नेपाल छाडेर जाने र त्यसपछि नआउने नियत देखिएको भन्दै उनीहरुलाई नेपाल छाडन नदिने गरी पासपोर्ट नियन्त्रणमा लिइएको हो।

नागरिकबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments