Online Bichar
शुक्रबार, जेठ ०४, २०८१ | Friday, May 17, 2024

गौरादह, ३ वैशाख २०८१ । सिरुवा पर्वका अवसरमा गौरादह नगरपालिका वडा नं.७ को दुधाली महाराज थानमा मेला लगाइएको छ। आदिवासी समुदायहरुले सिरुवा पर्बको अवसरमा महाराज थानमा मेला लगाउने गरेका छन।

नयाँ बर्षको सुरुवात सँगै आदिवासी समुदायले मनाउदै आएको सिरुवा पर्वमा प्रत्येक बर्ष दुधाली महाराज थानमा मेला लगाउने गरेको छ। सिरुवा पर्वमा आदिवासी समुदायले आफ्ना कुल देवतालाई सम्झेर घरमा पूजाअर्चना गरेपनि मेलामा भक्तजनहरुले महाराजलाई भाकल अनुसारको सामग्री चढाउने गरेका छन। भक्तजनहरुले मनोकांक्षा पूरा गर्न गरिएको भाकल अनुसारको सामग्री सिरुवा पर्वमा लगाइने मेलामा चढाउने गरेका छन। दुधाली महाराज थानमा दुधाली महाराजका साथै सती महाराजको पनि बासरहेको मेला आयोजक समिति अध्यक्ष रघुनाथ राजवंशीले जानकारी गराएका छन। दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाहरुका साथै मोरङ तथा भारतको बिहारबाट समेत मेला हेर्न आउने गरेका छन। करिब एक बिघाको क्षत्रफल रहेको मेला स्थलमा खचाखच मानिसहरुको भिडभाड रहेको थियो।

तपाईको प्रतिक्रिया