Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026
गौरादह, १ पौष । झापाको गौरादहमा आज सवारी दुर्घटना भएको छ । पाडाजुंगी – गौरादह सडक खण्डको गौरादह– १ बेलडाँगीमा साँझ ६;३० बजे भएको सो दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् ।
पाडाजुगि बाट गौरादह तर्फ आउदै गरेको मे १ च ५३२९ नं. को छोटा हात्ती र विपरित दिशाबाट जाँदै गरेको मे १० प ६६४३ नं. को स्कुटर एक आपसमा ठक्कर खादा स्कुटर चालक  कमल गाउँपालिका– ५ बस्ने बर्ष ३० का निर्मल बस्नेत घाइते भई उपचारको लागि दमक लाइफलाइन अस्पताल लगिएको इलाका प्रहरी कार्यलय गौरादहका इन्चार्ज बिनोद श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments