Online Bichar
शुक्रबार, जेठ ०४, २०८१ | Friday, May 17, 2024

काठमाडौं, ३० चैत २०८० । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनले कांग्रेससँग डराएर संसद अधिवेशन अन्त्य नगरिएको जिकिर गरिन्। बैठकका निर्णयबारे जानकारी दिँदै मन्त्री शर्माले बजेट अधिवेशन सुरु हुने भएको र केही समय ग्याप गर्नुपर्ने कानुनी व्यवस्था भएकाले अधिवेशन अन्त्य गर्न लागेको बताइन्।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद चल्न दिएको छैन।

 

तपाईको प्रतिक्रिया