Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा, २८ चैत २०८० । झापाको दमकमा आगलागी हुँदा २ करोड भन्दा बढी मूल्य बराबरको क्षति भएको छ । मंगलबार (हिंजो) अन्दाजी ७ः२५ बजेको समयमा दमक नगरपालिका-५ स्थित लाईफ लाईन अस्पताल छेउमा प्रेम धिमालले घरमा संचालन गरिरहेको स्नेहा होटलको ईन्भटरको लाईन सर्ट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट २ करोड ४८ लाख ३० हजार मूल्य बराबरको क्षति भएको जनाइएको छ ।

आगलागीमा प्रेम धिमालको काठ, टिनको बेरा र टिनकै छानो भएको १ तले घर, घरमा रहेको सुन ३५ तोला, लत्ता कपडा, भाडा वर्तन, खाटपात, फर्निचर, २ वटा फ्रिज, ईन्भटर १ थान, नगद ४ लाखा गरी अन्दाजि ७९ लाख ९० हजार मूल्य बराबरको क्षति भएको जनाइएको छ ।
सोही आगलागीमा परी रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको १ तले घरको आंशिक रुपमा क्षती हुँदा अन्दाजि ५ लाख बराबरको क्षति भएको छ ।

यस्तै, हल्दीबारी गाउँपालिका-५ घर भई हाल दमक नगरपालिका-५ मा रुवी होटल संचालन गरी बस्ने मेख बहादुर तामाङको टिनको छानो, टिन र तारको जालीको बेरा भएको १ तले घर, भाडा बर्तन, लत्ता कपडा, फर्निचर, चामल, दाल, पेय पदार्थ, ल्यापटप १थान, १२ आना सुन, होटलमा रहेको अन्य सरसमानहरु समेत जलेर नष्ट हुँदा अन्दाजि १३ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

सोही आगलागीमा लाईफ लाईन अस्पताल प्रा.लि.को पक्की वाल भएको र दोस्रो तल्लामा माथिबाट टिनको छानो भएको डाईलोसिस वार्डको झ्यालबाट आगो पसी डाईलोसिस मेसिन ६ थान, एसी ३ थान, cc क्यामेरा १ थान, मेडिकल उपकरण गरी १ करोड ५० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

उक्त आगलागी दमक नगरपालिकाको २ वटा दमकल, कमल गाउँपालिकाको १ वटा, गौरादह नगरपालिकाको १ वटा, पथरी शनिश्चरे नगरपालिकाको १ वटा र उर्लाबारी नगरपालिकाको १ वटा गरी ६ वटा दमकल, इलाका प्रहरी कार्यालय दमकबाट प्रहरिको कमाण्डमा २० जना र सशस्त्र प्रहरी गण पाडाजुङीबाट सशस्त्र प्रहरी उपरिक्षकको कमाण्डमा २५ जनाको टोली तथा स्थानिय मानिसहरुको सहयोगमा सोही रात ८ः२५ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया