Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

भीमदत्तनगर, १ पुष ।कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आज बिहान एक कर्मचारीको मृत्यु भएको छ। भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सव–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनालाई प्रहरीले आशङ्का व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। मृतकका आफन्त र स्थानीयवासीले भट्टको मृत्यु शङ्कास्पद भएको भन्दै पूर्व–पश्चिम राजमार्गको लालपुर खण्डमा अवरोध पुर्‍याउनुका साथै शव उठाउन दिएका छैनन्।

विगत आठ वर्षदेखि सुरक्षागार्डका रूपमा त्यहाँ कार्यरत मृतक भट्टले आज घटना हुनु अघि बिहान सव–स्टेशनका प्रमुख कमलसिंह स्वारसँग बसेर चिया खाएको स्थानीयबासी चिया पसल सञ्चालक नरेन्द्र साउदले जानकारी दिए। स्थिति तनावपूर्ण बन्ने देखिएपछि लालपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments