Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

काठमाडौं, १ पुष । स्वास्थ्य मन्त्रालयले बिजुली उपयोग गरेबापतको १२ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो सबैभन्दा बढी बिजुली महसुल बाँकी राख्ने मन्त्रालय हो।

मन्त्रालय र सरकारी कार्यालयले मात्र ३१ करोड ३६ लाख रुपैयाँ महसुल बुझउन बाँकी राखेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए। ‘मन्त्रालयमध्ये सबैभन्दा बढी १२ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयले बुझाउन बाँकी छ, उनले आइतबार नागरिकसँग भने, ‘अन्य मन्त्रालयले पनि महसुल बुझाउन बाँकी छ। उनीहरुको बक्यौता महसुल स्वास्थ्य मन्त्रालयको भन्दा केही कम छ।’ बेलैमा महसुल नबुझाउने मन्त्रालयमा यातायात, संघीयलगायत रहेको प्रवक्ता अधिकारीको भनाइ छ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments