Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा, ११ चैत २०८० । ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ नारासहित नेपालमा पनि आइतबार विश्व क्षयरोग दिवस मनाइँदैछ। हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइन्छ।

नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर छन् । त्यसकारण क्षयरोग नियन्त्रणका लागि चुनौती रहेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार बिरामी थपिने गरेका छन्। उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका केन्द्रले जनाएको छ ।

हाल क्षयरोग नियन्त्रणका लागि १२५ स्थानीय तहमा परीक्षण तथा खोज कार्यक्रम सञ्चालन गरिएको छ। क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका र बाँकी २८ प्रतिशत विभिन्न अङ्गका छन्। केन्द्रका अनुसार उपचारमा रहेका बिरामीमध्ये ६८ प्रतिशत बिरामी मधेश, बागमती र लुम्बिनी प्रदेशका छन्। सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने र २०५० सम्म उन्मूलन गर्ने लक्ष्य नेपाल सरकारले लिएको छ ।

 

तपाईको प्रतिक्रिया