Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

नुवाकोट, १ पुष । नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डबेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

मंसिर २८ गते घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्यो। जसमा सवार जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २० जनाले ज्यान गुमाए। सिसिपुकै १५ जना अंगभंग भए।

एकै गाउँका २० जनाले ज्यान गुमाउनु र कैयौं घाइते हुनु नुवाकोटकै ठूलो सडक दुर्घटना भएको स्थानीय बताउँछन्। शोकमा डुबेको सिसिपु गाउँका अधिकांशको घरमा यतिबेला चुलो बलेको छैन। उपचारका क्रममा शनिबार बिहान थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २० पुगेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।

यातायातको भरपर्दो साधन नभएको सिसिपुवासी सहज र बाध्यता दुवै कारण मिनिट्रक प्रयोग गर्छन्। त्यहाँको अधिकांश भेगमा यही यात्रु तथा सामानवाहकमा यही प्रयोग हुन्छ। कच्ची र साँघुरो सडकमा सहजै गुड्ने हुँदा स्थानीयको रोजाइमा मिनिट्रक पर्ने गरेको छ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments