Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

सुर्खेत,१ पुष । भेरी किनारको बस्ती भए पनि खानेपानीको चर्को समस्या भोग्दै आएका धीरेनीका ८५ घरधुरीका लागि गुर्भाकोट नगरपालिकाको अघिल्लो आर्थिक वर्ष खानेपानीको सर्भे डिजाइन गर्यो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

गुर्भाकोट–१४ को लिसेबाट गुर्भाकोट–१३ को धोरेनीसम्म खानेपानी ल्याउन र घरघरमा वितरण गर्न ९२ लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने सर्भे डिजाइनले देखायो ।

स्थानीयले लिसे खानेपानी आयोजनाका नामबाट उपभोक्ता समिति गठन गरे । पहिलो किस्ताबापत आठ लाख ५६ हजार रुपैयाँ नगपालिकाले उपभोक्ता समितिलाई दियो । उपभोक्ता समितिले पाइप खरिद गरेर काम गर्न थाल्यो ।

गत साता प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्ट त्यहाँ पुगे । प्रदेश सरकारले छुट्याएको ६० लाख रुपैयाँबाट लिसे खानेपानी आयोजना अघि बढाउने निर्माण गर्ने भन्दै पुनः सर्भे प्रक्रिया थालियो । छुट्टै उपभोक्ता समिति गठन गरियो ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments