Online Bichar
सोमबार, बैशाख ३१, २०८१ | Monday, May 13, 2024

काठमाडौं, ५ चैत २०८० । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो।

उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। ‘हामीलाई माथिबाट निगरानी गर्ने भन्ने आदेश थियो। त्यहि अनुसार हामीले केही दिनयता निगरानी बढाएका थियौं। निर्देशनअनुसार रुपन्देही आएका महरालाई सीआईबीको सम्पर्कमा जानुस् भनेर भनेका थियौं। उहाँ रोल्पाको कार्यक्रम छाडेर काठमाडौं फर्कनु भएको हो,’प्रहरी उच्च स्रोतले भन्यो, ‘हामीले नियन्त्रणमा राखेका होइनौं। तर, काठमाडौं पुगेपछि उहाँको फिजिकल एरेस्ट हुन सक्छ। गौतमबुद्ध विमानस्थलबाट यति एयरलाइन्सको वाई टी-८९२ नम्बरको फ्लाइटबाट उहाँ १०:२७ बजे काठमाडौं फर्किनु भएको हो।’

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो। आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सोही अनुसार गृहमन्त्री लामिछानेले मातहतका सुरक्षा निकायलाई पक्राउ गर्न निर्देशन दिएका थिए।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया