Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

कम्युनिष्ट पार्टीका मतदाताको मनोबिज्ञानमा नेपालमा अब एउटै कम्युनिष्ट केन्द्र बनिसकेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको भर्खरै सम्पन्न निर्बाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीचको बलियो चुनावी तालमेलको कारण मतदाताहरुमा एउटै कम्युनिष्ट पर्टी बनिसकेको मनेबिज्ञान बिकास भएकोले परिणाम पनि बाम गठबन्धनको पक्षमा आएको नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य धर्मशिला चापागाईंले बताइन् ।

उनले पार्टी एकता सम्मको बिस्वासिलो आधार बिकास गरी गठबन्धनको नेतृत्व गरेका मुख्य दुई नेता अध्यक्ष द्वय कमरेड पुष्पकमल दहाल प्रचण्ड र कमरेड केपी शर्मा ओलीको दुरदर्शिताका कारण यो ऐतिहासिक गौरबपूर्ण परिणाम आएको बताउदै निर्बाचन परिणामले नेपालका श्रमजीवि, सर्बहारा, मजदुर किसान, उत्पिडित जाती , क्षेत्र, समुदाय, बर्ग, लिङ्ग लगाएतमा ठूलो उर्जा तागत प्राप्तभएकोमा जोड दिइन् ।

पूर्व राज्यमन्त्री चापागाईले दशबर्षे गौरबपूर्ण जनयुद्ध र १९ दिने जनआन्दोलन तथा अन्य आन्दोलन संघर्षको उपलब्धि क्रमश सस्थागत भएको र संविधान कार्यन्वयन भएकोले अब देशले समाजबाद तर्फको यात्रा तय गर्ने खुसी ब्यक्त गरिन ।

उनले अनलाइन बिचार संगको कुराकानीमा पार्टी एकताका प्राबिधिक पाटापक्षलाई सुस्म ढंगले अध्ययन बिश्लेषण गरी छिटो निष्कर्षमा पुग्नुपर्ने बताइन् । समाजवादी क्रान्तीका आधार तयार गर्नेगरीको रणनीतिक तथा कार्यनीतिक योजना निर्माण गर्दै अघिबढ्ने कार्यदिशाको बारेमा बहस छलफलमा अब केन्द्रतहुनुपर्ने उनको ठहर छ ।

नेतृ चापागाईंले पार्टी एकतामा नेता तथा कार्यकर्ताको मनोबल थप उच्च्व एवम् बलियो हुनेगरीको संस्थागत कार्यबिधि बनाई त्याग, बलिदान, योगदान, लगानी तथा निरन्तरताका आधारमा सम्मानजनक उचित ब्यवस्थापन गरिने विश्वास समेत ब्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments