Online Bichar
शुक्रबार, बैशाख २८, २०८१ | Friday, May 10, 2024

काड्माडौं, ३० फागुन २०८० । चैतमा एनआइसी एशिया बाहेक सबै वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। फागुनमा मुद्दती निक्षेपको ब्याजदर औसत ७.७ प्रतिशत रहेकोमा थप घट्ने भएको हो।

चैतको लागि बैंकहरूले औसत ७.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका हुन्। राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ।

चैतको लागि बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ८.५४ प्रतिशत र न्यूनतम ५.६६ प्रतिशतसम्म दिने भएका छन्। फागुनको लागि न्यूनतम ६.४४ प्रतिशत र अधिकतम ८.५ प्रस्ताव गरेका थिए।

एनआइसी एशियाले सबैभन्दा धेरै ८.५४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ। बैंकले यसअघि अधिकतम ८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको थियो।

सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले प्रस्ताव गरेको हो। कृषि विकास बैंकले ५.६६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको हो।

एनआइसी एशियामा गत महिना उच्च दरमा निक्षेप झिकिएको कारण बैंकले ब्याजदर बढाएर प्रस्ताव गरेको देखिन्छ।

बैंकहरूमा अधिक तरलता रहेकोले चैतको लागि बैंकहरूले ब्याजदर घटाएका हुन्। हाल बैंकहरूमा ६ खर्बभन्दा बढी अधिक तरलता छ।

तर, बैंकहरूको कर्जा लगानीमा वृद्धि हुन सकेको छैन। राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांक अनुसार माघसम्ममा बैंकहरूको कर्जाको वृद्धि दर ४.१ प्रतिशत थियो।

तपाईको प्रतिक्रिया