झापा, १७ फागुन २०८० । झापाको दमकमा आफ्नै छोराको बन्चरो प्रहारबाट बुवा घाइते भएका छन् । दमक नगरपालिका-९ का ६१ वर्षिय सुरेन्द्र ढकाललाई ३१ वर्षिय छोरा कुशल ढकालले बन्चरो प्रहार गरेर घाइते बनाएका हुन् ।
बिहिबार अन्दाजी ७ः२५ बजेको समयमा खाना खाने बेलामा सामान्य वादविवादको कारण छोराले बुवालाई सानो हाते बन्चरोले प्रहार गरेका थिए । बन्चरो प्रहारबाट निधार, दाहिने खुट्टाको नलीमा सामान्य काटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते ढकालको निम्स अस्पताल दमकमा उपचार भई रहेको प्रहरीले जनाएको छ । घाइते ढकालको अवस्था तत्काल मध्यम, बोल्न सक्ने रहेको जनाइएको छ । बन्चरो प्रहार गर्ने छोरा तत्काल फरार रहेको साथै खोज तलास कार्य भई रहेको जनाइएको छ ।






