Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

दमक,२५ मंसिर । भारतीय मालबाहक ट्रकको ठक्कर बाट बाबु,छोराको मृत्यु भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा आज बाबु,छोराको मृत्यु भएको छ । ठक्करवाट मोटरसाईकलमा सवार दुवै जनाको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ्ग ,पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ९ घर भएका ६३ बर्षिय धनप्रसाद गिरी र उनका २९ बर्षिय छोरा हेमचन्द्र गिरी रहेका छन् । मोटरसाईकलमा सवार हेमचन्द्र चालक र बुबा धनप्रसाद पछाडि बसेका बताईएको छ ।

ठक्करबाट सख्त घाईते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्युभएको प्रहरी निरीक्षक एक्तेनले बताए ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको एचआर २७ जे ०६२५ नम्बरको मालवाहक भारतीय ट्रकले सोहि दिशा तर्फ जादै गरेको को.३३ प. ७९४५ नम्बरको मोटरसाईकललाई दमकको पश्चिम बस स्टेण्ड चौंक सडक खण्डमा दिउँसो १.३० वजे ठक्कर दिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments