Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

भगेन्द्र खड्का

गौरादह, २५ मंसिर । झापाको गौरादहमा २ दिने अगुवा कृषक तालिम शुरु भएको छ । गौरादह नगरपालिका कृषि विकास शाखाले नगर भित्रका माछा पालन गर्ने किसानहरुलाई लक्षित गरि तालिम आयोजना गरेको हो ।

कृषि विकास शाखाको सभाहलमा सञ्चालन गरिएको तालिममा मत्स्य पालन तथा माटो व्यवस्थापन तालिममा नगर भित्रका नयाँ र पुराना माछा पालन गर्ने ४५ जना किसानहरु सहभागि भएका छन् । सहभागि किसानहरुलाई माछा पालन, पोखरी निर्माण, रोग नियन्त्रण, दाना व्यवस्थापन, माछा का भुरा स्टक गर्ने तरिका, माटो व्यवस्थापन र माटो परिक्षणका लागी माटोको नमुना लिने र माटोको उपचार विषयमा जानकारी गराएकोे थियो ।

माछा वैज्ञानिक उमिता शाह, मत्स्य अधिकृत प्रदिप कुमार श्रेष्ठले माछा पालन सम्बन्धि र देवी प्रसाद सिंहले माटो व्यवस्थापन सम्बन्धि तालिम दिएका थिए । गौरादह नगरपालिका का मेयर रोहित कुमार शाहले कार्यक्रमको उदघाटन गरेका थिए । गौरादह नगरपालिका कृषि समिति संयोजक गजेन्द्र घिमिरे, सहभागि ज्ञान बहादुर राई र उषा ताजपुरियाले शुभकामना मन्तव्य राखेका थिए ।

 

तपाईको प्रतिक्रिया