Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

दमक, २४ मंसिर । आज दिउसो झापाको कमल गाँउपालिका पाडाजुंगीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी एक महिलाको पहिचान खुल्न सकेको छैन । ग्लोवल एजुकेशनल एकेडेमीको स्कूल बसले ठक्कर दिइ उनलाइ तत्काल उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याईएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र यक्तेनका अनुसार अहिलेसम्म नाम, वतन केहि पनि खुलेको छैन । खाद्यन्नका सामाग्रिहरु बोकेकाले घटनास्थल आसपास नै घर भएको हुनसक्ने बताइन्छ । अहिले उनको शव दमकस्थित लाइफलाइन अस्पतालमा रहेको जनाईएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments