Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

पाँचथर, २४ मंसिर । फिदिम नगरपालिका(१४ मा आइतवार करेण्ट लागेर १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

करेण्ट लागेर सोही स्थान बस्ने बर्ष ४४ को श्याम कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । राईलाई राती साढे ११ बजेको समयमा शौच गर्नको लागि बिजुली बत्ती बाल्ने क्रममा एमसिबी छुदा अचानक करेण्ट लागेको थियो ।

घटनाको जानकारी पाउनासाथ तत्काल जिप्रका र प्रहरी चौकी पौवासार्तापबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

ब्लाष्ट खबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments